मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् ।
रोयल मलेशियन नेवी सेलिब्रेसन कार्यक्रमको पूर्वाभ्यासका क्रममा आज दुईवटा हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटनामा परेकाे मलेसियास्थितका सञ्चारमाध्यमले जनाएका छन।
बिहान ९:४५ मा दुईवटा हेलिकप्टरहरु मोडेल HOM (M503-3) र Fennec (M502-6) एक आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन। HOM (M503-3) हेलिकप्टरमा सात जना र बाँकी तीन जना अर्कोमा सवार रहेको बताइएको छ ।
उक्त दुर्घटना बेरिटा हरियानले पेराकको लुमुटमा रहेको नौसेना आधारकाे आकाशमा भएको जानकारी दिएकाे छ। उनीहरु नौसेनाको ९० औँ वार्षिकोत्सवका लागि पूर्वाभ्यास गरिरहेका थिए ।
घटनाको २१ सेकेन्डको भिडियोमा एउटा हेलिकप्टर अर्को हेलिकप्टरकाे पंखामा ठोक्किएको र त्यसपछि दुवै हेलिकप्टर जमिनमा खसेको देखिन्छ। हेलिकप्टरका टुक्राहरू हावामा उडिरहेको र खुला मैदान नजिकै खसेको देखिन्छ जहाँ नौसेना सदस्यहरू उनीहरूको पूर्वाभ्यासका लागि भेला भएकाे मैदान पनि त्यहि हाे। घटनाबारे थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन।