सल्यानकाे बागचौर नगरपालिकाकाे दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा एक करोड ९० लाख बराबारको क्षति भएको छ ।

गएराति जिल्लाको बागचौर नगरपलिका वडा नम्बर ७ टाटकेमा रहेको एक कपडा पसल तथा खुद्रा पसल र  वडा नम्बर ११ रातामाटामा घुम्ती पसलमा रहेको कपडा पसल र डेन्टल पसलमा आगलागी हुदा एक करोड ९० लाख बराबारको क्षति भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

टाटकेमा चुडामणी वलीको कच्ची घरमा रहेको कपडा पसल र खुद्रा पसलमा बिद्युतको तार सर्ट भै अचान आगलागी हुँदा कपडा पसल, खुद्रा पसल र घरका तिन कोठा जलेर पुर्णरुपमा नष्ट भै १५ लाख बराबरको क्षति भएको हाे भने नम्बर ११ को रातामाटामा अचानक बिजुलीको तार सर्ट भै आगलागी हुँदा स्थानिय कमल वलीको घुम्ति पसलमा रहेको कपडा पसल, डेन्टल पसल र सोही स्थानका अर्का गणेश वलीको  किराना पसल र  मोटर साइकल ग्यारेज जलेर पुर्णरुपमा नष्ट भै १ करोड ७५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार