रोल्पामा एकै घरका बावु छोराले एसईई परिक्षा दिएका छन । रोल्पाको गंगादेव गाउँपालिका -६ देवलटकुरामा रहेको जिवन ज्योती माद्यामिक विद्यालयको परीक्षा केन्द्रबाट बावु छोराले सगै एसईई दिएका हुन । बुवा ३७ वर्षिय कमल वली उनका १५ वर्षिय छोरा मोहन वलीले एसईई परिक्षाको पहिलो दिन आज सहभागी भएकाे शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जनाएको छ।

गंगादेव गाउँपालिका ६ माटिमिरे घर भएका उनीहरु बुवा कमल वली पृथ्वी नारायण मावि जायचौर र छोरा मोहन वली साेहि गाउँ रपालिकाकाे रातामाटामा रहेको बुद्धि विकास माद्यामिक विद्यालयकबाट सहभागी परीक्षार्थि हुन।

त्यस्तैगरि राेल्पाकै त्रिवेणी गाउँपालिका जुगारमा रहेको जना जागृति माध्यमिक विद्यालयकाे परीक्षा केन्द्रबाट १४ घण्टाको सुत्केरीले नर्सकाे निगरानीका साथ एसईईको परिक्षा दिएकी छिन । जनकल्याण मा.वि सिम्पानीमा अध्ययनरत छात्रा टिका योगीले हिजो बेलुकी ६ बजे शिशुलाई जम्म दिएकी थिइन।

सुत्केरी परिक्षार्थीलाई सहज होस भनेर स्वास्थ्यकर्मीकाे निगरानीमा सहज तरिकाले परिक्षा दिने वातावरण बनाएको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जनाएकाे छ।

राेल्पाबाट याे वर्षकाे एसईई परीक्षामा सहभागी विद्यालय सख्या ९३ वटा छन भने परीक्षा केन्द्र सख्या १९ वटा ताेकिएकाे छ । जम्मा ३८११ जना परीक्षार्थि मध्ये साधारण तर्फ ३६२३ र प्राविधिक तर्फ १८८ जना रहेका छन। स्थानीयगत रुपमा परीक्षा केन्द्र निर्धारण गरिएको छ जसअनुसार रोल्पा नगरपालिकामा ४ वटा, सुनिलस्मृति गाउँपालिकामा ३ वटा, रुन्टिगढी, गंगादेव, त्रिवेणी, लुङ्ग्री गाउँपालिकामा-२/२ वटा, थवाङ, परिवर्तन, सुनछहरी, माडी गाउँपालिकामा १/१ वटा निर्धारण गरिएको छ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार