कर्णाली प्रदेश अस्पतालका कर्मचारीले सेवाग्राही संग गरेको असभ्य व्यवहार बाहिरिएको छ।

सुर्खेतको वीरेन्द्र नगरपालिका -३ कि पुर्णिमा राेकाय गत ६ देखि ८ गते सम्म प्रदेश अस्पताल कालागाउँमा आफ्नतीकाे प्रसुति हेरचाह गर्न बसिन। अस्पतालकाे गृहकाे तीन दिनकाे उनकाे बसाइँले भाेग्नु परेकाे ती कर्मचारीकाे व्यवहारले उनलाई चकित बनाएको छ।

राेकायका अनुसार त्यहाँकाे प्रसुति गृहमा कार्यरत १/२ जना कर्मचारी बाहेक सबैले बिरामी र कुरुवालाई गर्ने व्यवहार आफुले प्रत्यक्ष भाेगेकाे बताउछिन्। उनी भन्छिन्: `यति नराम्रो पाए,जुन मैले पनि देखें,भाेगें र अरुबाट सुनें।त्यहा कार्यरत कर्मचारीहरुले बिरामिलाई सिधै त र तिमी भन्ने शब्द प्रयाेग गर्छन्,केही कुरा साेध्याे भने बटारिएकाे रिस उठ्दाे जबाफ दिन्छन् ,बिरामी आफ्नै प्रसब पिडामा आत्तिएका हुन्छन्,उनिहरुलाई मिठाे बाेलिले बाेलिदिए पीडा पनि कम भएकाे महसुस हुन्थ्यो तर उनिहरु काटिएकाे घाउमा नुनचुक लगाएजत्तिकै गरेर बाेल्छन्।´ उनी भन्छिन।

ती कर्मचारीले आफुबाट केही गल्ती भएपनि त्यसकाे रिस बिरामी र कुरुवा संग फेर्न खाेज्ने गरेको समेत उनी भन्छिन। त्यहाँ धेरै बाेल्न नमिल्ने अबस्था भएर सामाजिक सञ्जाल मार्फत भावना ब्यक्त गरेकि छु उनलेे भनिन । तर पनि केही कुराकाे प्रतिबाद त्यहीँ पनि गरेंकाे भएपनि सचेत नागरिक भैसकेपछि अन्याय सहनुहुदैन भन्ने मेराे साेचाई छ,तर डाक्टर र ड्राइभर संग रिक्स लिनु हुदैन भन्ने झस्क याद आफुलाई आएपछि बिरामीलाई केही समस्या गराईदिन्छन् कि भन्ने डरले धेरै कुरामा खण्डन नगरि बस्नुपर्ने बाध्यता रहेको समेत उनी बताउँछन् ।

जनताले तिरेकाे करबाटै तलब खाएर काम गर्ने ती कर्मचारीले ।नि:शुल्क सेवा गरे झै व्यवहार नगर्न उनकाे अनुरोध छ।
एक जना महिलाले अस्पतालकाे आफ्नो बसाइँ पूरा गरेर त्यहाबाट घर फर्किदै गर्दा `यहाँ फर्केर कहिल्यै आउन नपराेस´ भन्दै पछाडि फर्केर थुक्दै जाँदै गरेकाे आफैले देख्दा सबैलाई गर्ने यिनिहरुकाे व्यवहार यस्तै रहेछ भन्ने आफुलाई लागेको बताउँछिन्।

अहिले अस्पताल प्रशासनले आफुलाई फाेन गरेर बाहिर कुरा नगर्नुपर्ने बरु त्यतिबेला नै अस्पताल प्रशासनमा जानकारी गराउनु पर्ने भन्दै उनलाई सुझाएकाे जनसहारासंग राेकायले बताइन्।

कर्णाली प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ। पाँच सय शय्या सहितको अस्पताल बनाउन गत वर्ष देखि पूर्वाधार निर्माण गर्न थालिएको छ।

विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरण सहितको विशेषज्ञ चिकित्सकको व्यवस्थाकाे लक्ष्य राखेको अस्पतालले पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न थालिएको छ।

अस्पतालमा मृगौला प्रत्यारोपणको सुविधा सहित अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ। अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ। तर प्रदेश स्तरीय अस्पतालमा रहेका कर्मचारीकाे व्यवहारले नै सेवा लिन पुगेका बिरामी र तिनका आफन्तले भाेग्नु परेको यस्ताे अवस्थाले अस्पताल प्रशासन माथि थप जिम्मेवारीकाे प्रश्न खडा भएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार