राेल्पाकि  २१ वर्षिय खुशी बुढामगरले ७ पटक लोकसेवा आयोगमा नाम निकाल्न्न सफल भएकि छन।

परिवर्तन गाउँपालिका – ४ कि खुशी नायव पशु स्वास्थ प्राविधिकको रुपमा कुशे गाउँपालिका जाजरकोटको कृषि विकास शाखा हुदै हाल नवलपरासीकाे बर्दघाट नगरपालिका नवलपरासीमा मत्स्य प्राविधिक पदमा कार्यरत छिन् ।

उनले यहि वर्षमा मात्रै ७ पटक लोकसेवा पास गरेकि हुन। राप्ती टेक्निकल कलेज लालमटिया दाङबाट ३ वर्षे पशुविज्ञान पढदै म २०७९ देखि लाेक सेवामा प्रवेश गरेकि खुशीकाे झन खुशी र सफलता बढदै गयाे।

खुशीले सुरुमा बैशाखमा कर्णाली प्रदेशले लिएको परीक्षाको पाँचौं तह लिखितमा नाम निकालेकी थिइन् । त्यसपछि जेठमा कर्णाली प्रदेशकै चौथो तहमा नाम निकालेर कुशे गाउँपालिका जाजरकोटमा सेवारत भइन। त्यसपछि लुम्बिनी प्रदेशको पाँचौं तहमा र लुम्बिनीकै स्थानीय तहको परीक्षामा पनि सफल भइन। पाचौंपटक उनले सुदूरपश्चिममा पाँचौं तहमा नाम निकालेकी थिइन् । यस्तै छैठौंपटक कोशीको चौथो तह र सातौं पटक संघमा नाम निकाल्न सफल भएकि हुन। यद्यपि संघीय लोकसेवाकाे आगामी ९ गते अन्तर्वार्ता बाँकी छ। त्यसमा पनि सफल हुनेमा विश्वस्त छिन।

राेल्पाकाे ग्रामीण क्षेत्रकाे सामान्य परिवारकि खुशीका बुवाआमा कृषक हुन। उनिहरुकाे भाइबहिनीहरुमा ६ दिदिबहिनी छन भने एक दाइ छन। जेठी स्थायी शिक्षक,माईली र साईली करार शिक्षक,त्यसपछिकाे दिदि प्रदेशको करार, त्यसपछिको दाई र दिदी निजामती तर्फको स्थानिय तहमा स्थायी जागिरे छन। ७ भाईबहिनी मध्ये ४ जना स्थायी जागिरे भइसकेका छन। उनकाे बाल्यकाल देखिकाे शिक्षण अवस्था मध्यम रहेको उनकाे परिवार स्राेतले जनाएको छ। कक्षा पहिलाे नभए पनि मेहनती र जेहेन्दार विद्यार्थीकाे छवि उनिमा थियाे भने एसइई भने उनले प्रथम श्रेणीमा उतिर्ण गरेकि छन।

उनले दाई, दिदिहरु र भिनाजु समेत काे प्रेरणाले झन आफुले लाेक सेवा मेहनतमा टेवा पुगेको खुशीले जनसहारासंग बताइन। अब संघीय लाेक सेवाकाे अन्तर्वार्तामा सफल भए संघीय सरकार अन्तर्गत नै रहेर काम गर्ने इच्छा राखेकि छन।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार