राेजगारकाे सिलसिलामा मलेसिया पुगेका एक जनाकाे मृत्यु भएको छ।
४ महिनाअघि मात्रै मलेसिया पुगेका रोल्पाकाे राेल्पा नगरपालिका १० धवाङका २६ वर्षीय अनिल रोकाकाे मृत्युु भएको हाे।
मलेसियामा TEY KEE FROZEN FOOD & TRADING SDN.BHD. कम्पनी जोहोरबारुमा कार्यरत थिए। काम गर्नेक्रममा गम्भीर बिरामी परेका रोकालाई प्राथमिक उपचारपछि HOSPITAL SULTANAH AMINAAH JOHOR BAHRU मा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको हस्पिटलमा मृत्यु भएको हाे।
मृत्युपछि मलेसियास्थित नेपाली राजदूतावासले आवश्यक सबै कागजपत्रहरु तयार गरी सहयोगी मलेसिया स्थित रोल्पाली सेवा समाज मलेसिया शाखाकाे पहलमा गएराति उनकाे शव काठमाडौ ल्याइएको हाे।