सल्यानकाे कपुरकाेट गाउँपालिकाले नि:शुल्क रुपमा लाेक सेवा तथा शिक्षक सेवाकाे तयारी कक्षा सञ्चालन गर्न लागेकाे छ ।

कपुरकाेट गाँउपालिकाकाे आ.व ०८०/०८१ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार लाेकसेवा अन्तर्गत नायव सुब्बा र खरिदार वा साे  सरहकाे प्रथम पत्र र शिक्षक सेवा आयाेग अन्तर्गत प्रा.बि तहकाे प्रथम पत्रकाे तयारी कक्षा सञ्चालन गर्न लागेकाे कपुरकाेट गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले बताए।

आर्थिक तथा अन्य पारिवारिक समस्याले शहरमा गएर लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा लिन नसक्नेहरुलाई गाउमै नि:शुल्क तयारी गर्ने अवसरका लागि स्थानीय सरकारले भाैतिक रूपमा नि:शुल्क तयारी कक्षा नेपाल राष्ट्रिय मावी किमिचाैरमा बिहान  ६ बजेदेखी साढे ८ बजेसम्म सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत वलीले बताए।

अनलाईन कक्षा सञ्चालनका लागि भने कम्तीमा १० जना प्रशिक्षार्थी भएमा पालीका भित्र रहेका सबै मावी विद्यालयमा गुगल मिटकाे माध्यमबाट भाैतिक कक्षाकाे प्रसारण गर्ने ब्यवस्था समेत मिलाउने तयारीमा गाउँपालिका छ।

तयारी कक्षा लिन ईच्छाएकाे विषय र व्यक्तिगत तथा शैक्षिक बिवरण कपुरकाेट गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखामा अनलाइन र अफलाइन दुबै माध्यमबाट माघ २ गतेसम्म फाराम भर्न सकिनेछ । तयारी कक्षा माघ १४ देखि सञ्चालन हुनेछन ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार