सल्यानको रागेचौरमा बाल दिवको अवसरमा “बाल विवाह अन्त्यको लागि हाम्रो भुमिका” विषयक अन्तर मावि वक्तृत्वकला सम्पन्न भएको छ ।
रूपान्तरण अभियानमा रहेको नेकपा माओवादी केन्द्रले कुमाख गाउँ कमिटीको आयोजनामा आज बाल दिवसको पनि अवसर पारेर वक्तृत्वकलाकाे आयोजना गरेको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कुमाख गाउँपालिका पुर्व अध्यक्ष दिलमाया बुढामगर गिरी, केन्द्रिय सदस्य लक्ष्मी पुन लगायत नेताहरुले सम्बोधन गरेका थिए । कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दको पनि उपस्थिति रहेको कार्यक्रममा शिक्षा शाखा प्रमुख दिपक कुमार चन्द र जनता मावि रागेचौरका प्रधानाध्यापक अमर शाहले पनि कार्यक्रमलाइ सम्बोधन गरेका थिए ।
५९ औं बाल दिवसको अवसरमा जनता मावि रागेचौरमा भएको वक्तृत्वकलामा सरस्वती मा.वि झारकाँडाका भुमिका बुढाथोकी प्रथम, जनकल्याण मा.वि बडागाँउ कोटका हिरा डिसी दोस्रो, भेरी मा वि टाट्केका हिरालाल राना तेस्रो र जनता मावी रागेचौरका दिपशिखा बुढाथोकी सान्त्वना बनेका छन ।
११ माध्यमिक विद्यालय रहेको कुमाखका ८ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वनालाई क्रमश: १ हजार ८ सय, द्वितियलाइ १ हजार ४ सय, तृतियलाइ १ हजार र सान्त्वनालाइ ७ सय पुुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा शिक्षकरू रामकुमार शर्मा, डण्डवीर रावत र कल्पना शाहले निर्णायकको भुमिका निभाएका थिए ।
प्रतियोगितामा सहभागि सबैलाई खाजा खर्च वापत ५ सयका साथमा सहभागि विद्यालयलाइ प्रमाणपत्र समेत प्रदान गरिएको कार्यक्रममा कुमाखका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयवासीको सहभागिता रहेको थियो ।
नेकपा माओवादी केन्द्रका कुमाख अध्यक्ष डिल्लीराज जैशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कोषाध्यक्ष धनसरा मल्लले गरेकी थिइन ।