एका बिहानै दाङको देउखुरीमा दुई बस एक आपसमा ठोक्किदा एक जनाकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा रोल्पाकाे रुन्टीगढी गाउँपालिका -७ कि ४२ वर्षिया सोभा परियार रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

शुक्रबार बिहान साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हाे। लमहीबाट भालुवाङ तर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका -३ फल्कापुरमा दुबै बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।

मधेश प्रदेश स्थित बारामा रहेको ईटा भट्टामा काम गरेर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हाे। घाइते हुनेमा मृतक शाेभाका दुई छाेरा सहित करिब दुई दर्जन बढि घाइते भएको र घाइतेहरुका लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल सहित ११ जना गम्भीर घाइते भएको र उनिहरुकाे बुटवल, भैरहवा, नेपालगन्ज तर्फ रिफर गरिएको डिएसपी गौतमले बताए।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार