माघ २८ सल्यान – आफ्नै घरमा झुण्डिएकाे अवस्थामा एक युवककाे शव फेला परेको छ।

शनिबार दिउँसो करिब २ बजेतिर कुमाख गाउँपालिका -७ तुरतुरे बस्ने २३ वर्षिय कल बहादुर बुढाथोकी आफ्नै घरको माथिल्लो तलाको कोठामा काठको बलोमा घाँटिमा सलको पासो लागाई झुण्डि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

स्थानीयले अस्थाई प्रहरी पोष्ट चोरपानीमा खबर गरे पश्चात प्रहरी सहायक निरीक्षक टिकाराम रानाको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई गई घटना स्थल पुग्दा मृतक कल बहादुरकाे श्रीमती ७।८ दिनको सुत्केरी घरमै रहेको र बुवा आमा हिजो मात्रै भारत तर्फ गएकाे खुलेको छ।

उक्त घटनाबारे थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय थारमारबाट प्रहरी निरीक्षक कनक बहादुर शाहीको कमाण्डमा ५ जना Soco सहित प्रहरी टोली खटिई गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार