माघ १३ काठमाडौ – लोक दाेहाेरी गायक भीम पौडेलको निधन भएको छ।

पौडेलको बिहीबार राति ११:२० बजे आफ्नै घर स्याङ्जाकाे कुकली खुदीमा निधन भएको हाे।

केही समय यता पौडेल डिप्रेसनबाट ग्रस्त रहेकाेमा पछिल्लो दुई महिनादेखि निमोनिया देखिएपछि उपचार गरि अहिले घरमै आराम गरिरहेकाे अवस्थामा निधन भएको पारिवारिक स्राेतले जनाएको छ।

पौडेलको अन्तिम दाहसंस्कारका लागि पार्थिव शरीरलाई पोखरास्थित रामघाटमा ल्याइएको छ। पहिला दाेहाेरी साझ र कार्यक्रमहरुमा प्रत्यक्ष लाइभ दाेहाेरी गाएका पौडेलले पछिल्लो समय आफ्नै युट्युब च्यानलमा लाइभ दोहोरी गाउँथे। हासिल मुहारमा गाउने उनकाे स्वभावले नै दर्शककाे मन जितेका पौडेलले `तिम्रो सिउँदो भर्न सकिनँ, रुमालै बैना, मरे मत मरे´ लगायत गीतमा स्वर दिएका छन्।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार