माघ २ सल्यान – श्रीनगर बसपार्क क्षेत्रकाे ऐलाली जग्गामा बनाइएका घर टहरा व्यवस्थापन गर्न दिएकाे समय सकिए संगै आज साेमबार देखि शारदा नगरपालिकाले डाेजर लगाउन सुरु गरेकाे छ।
आधुनिक बसपार्क निर्माणका लागि छुट्याइएको जग्गामा बनेका अवैध संरचना हटाउन भन्दै यसअघि नगरपालिकाले ३५ दिने अल्टिमेटम दिएकाे थियाे उक्त म्याद आइतबार माघ १ मा हिजाे सकिएपछि अहिले नगरपालिकाले डाेजर लगाइरहेको छ।
अहिले संरचना हटाएर व्यवस्थापन गरिएका स्थानीयहरुलाई बसपार्क निर्माणपछि मुख्य प्राथमिकताका साथ नगरपालिकाले व्यवस्थापन गर्ने समेत प्रमुख भण्डारीले बताए
गत शुक्रबार अर्को सुचना जारी गर्दै नगरपालिकाले माघ १ गतेसम्म बसपार्क भित्रका आ-आफ्ना सामान व्यवस्थापन नगरे माघ २ गते नियमअनुसार प्रक्रियामा अगाडि बढ्ने चेतावनी पनि दिएकाे थियाे कतिपय स्थानीयले हटाए पनि कतिपय बाँकि रहेका संरचनामा नगरपालिकाले डाेजर लगाउन सुरु गरेको हाे।
घरटहरा भत्काउन बित्तिकै बसपार्क निर्माणको थालनी गरिने र विगतमा बसपार्क निर्माणको लागि संघ तथा प्रदेशबाट आएको बजेट तीन पटक फ्रिज भएको र अहिले नगरपालिकाले आफ्नै स्रोतबाट एक करोड रुपैँया विनियोजन गरेको र थप बजेटका लागि डिपिआर सहित प्रदेश र केन्द्र सरकारसँग माग गर्ने नगरप्रमुख प्रकाश भण्डारीले बताए।