पुस २८ काठमाडौ – नाबालिक बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । १९ पेजकाे आदेश जारी गरेपनि पुर्णपाठ अझै आइनसकेको बताइएको छ।
लामिछानेलाई २० लाख रूपैयाँ धराैटी माग गरिएकाे र उक्त रकम शुक्रबार बुझाउने तयारी रहेकाले शुक्रबार मात्रै लामिछाने छुटने भएका छन। तर उनी छुटेपछि विदेश जानका लागि भने केहि सर्त रहेकाे र ती सर्तहरु पुर्णपाठ आएपछि मात्रै एकिन हुनेछन्।
गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो भने गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी थुनामा छन।
लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप भएपनि तर लामिछाने पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै दाबि गरेपछि पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश समेत दिएको थियो।