पुस २५ सल्यान – स्वर्गीय धनिराम केसी स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका उपाध्यक्ष शंकर केसीलाई प्रदान गरिएको छ।
स्वर्गीय केसीका सुपुत्र नीरज केसीले आफ्ना बुवा स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै कोरोना संक्रमित भई निधन भएपछि बुवाकाे याेगदानकाे स्मरण स्वरुप र आफू पनि स्वास्थ्यकर्मी भएका कारण स्वास्थ्य पोषण क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्दै आएका छन। उक्त पुरस्कार शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले हस्तान्तरण गरेका हुन।
अहेबको सरकारी सेवाबाट काम गर्दै जनस्वास्थ्य अधिकृत सम्मको काम गरेका स्वर्गीय केसीकाे २०७८ जेठ ६ गते निधन भएको थियो।