पुस २२ सल्यान – लामाे समय देखि नगरपालिका भित्रका विद्यालयमा देखिएका विभिन्न समस्या समाधानका लागि दाेस्राे पटक एकीकत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ।
शुक्रबार उक्त संगठनले विभिन्न सात बुदे माग सहित नगर शिक्षा शाखालाई सम्बाेधन गर्दै प्रमुख प्रशासकीय अधिकृत अन्नत शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको हाे।
बागचौर नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमा शिक्षा ऐन अनुसार शिक्षक व्यवस्थापन नहुनु, शिक्षा ऐन विपरीत विद्यालय व्यवस्थापन समिति गठन, शिक्षा तथा मानवस्राेत विकास केन्द्रकाे निर्णय विपरीत समय सिमा समाप्त भएका विद्यालय व्यवस्थापन समितिले नियम विपरीत निर्णय गरेको, रिक्त रहेका दरबन्दीहरुमा शिक्षक नियुक्तिमा ढिलाइ र अनुदानमा कार्यरत शिक्षकहरकाे पारिश्रमिक समेत नदिएकाे लगाएतका समस्या तत्काल समाधानकाे गरि सहज पठनपाठनकाे वातावरण मिलाउन भन्दै ध्यानाकर्षण गराएका हुन।
स्थानीय सरकारले विद्यालयहरुका समस्या समाधान शैक्षिक वातावरण तयार गर्न र सबै शिक्षक कर्मचारीका पेशागत समस्यालाई आत्मसात गर्दै शिक्षा नीति र याेजना तयार गर्न संगठनले माग समेत गरेको छ।
यस अघि गत २८ मंसिरमा पनि उक्त संगठनले ध्यानाकर्षण गराएको थियाे।