पुस १२ सल्यान – कपुरकाेट गाउँपालिका -१ सारपानीमा ८ दिने लधु उद्यम विकास कार्यक्रम अन्तर्गत ८ दिने उद्यमशिलता तालिम थवसाय सयंतता (Tope) थवसाय शुरु(Tose) लैंगिक समानता तालिम (Gesi) सम्पन्न भएको छ।

पाैष ५ गते देखि सुरु भएको उक्त तालिम बुधबार सकिएकाे हाे। गरिबी निवारणका लागि `उद्यम गराै उद्यमशिलताकाे विकाश गराै´ भन्ने मुल नाराका साथ संचालन भएको उक्त तालिममा २३ जानाकाे सहभागिता रहेकाे कपुरकाेट गाउँपालिकाले जनाएको छ।

जसमध्ये १२ जना गुडिया बनाउने तालिम र ११ जानाले सिलाई कटाई सीप विकासमा छनाैट हुनु भएका छन। तालिमकाे प्रशिक्षकमा विपना बुढा मगर, राेशनी बुढा र बालकुमारी पुन रहेकि थिइन।

वडा नं. १ का वडा अध्यक्ष बालाराम खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन रहेका थिए भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी रहेकाे समापन कार्यक्रममा सहभागीका तर्फबाट मनकुमारी बुढा लगाएतले मन्तब्य राखेका थिए। कार्यक्रमकाे सञ्चालन राेशनी बुढाले गरेकि थिइन।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार