पुस ८ दाङ – बसले माेटरसाइकललाई ठक्कर दिदा एक किशोरीकाे मृत्यु भएको छ।

शुक्रबार अपरान्ह ४ बजेतिर तुलसीपुरबाट घाेराही जाँदै गरेको रा १ ख २३७५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलकाे पछाडि सवार अन्दाजी १९ वर्षिय किशोरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने घोराही उपमहानगरपालिका -१६ सर्रा नजिकै दुर्घटना भएको र मृतक किशोरीकाे पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।

मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ७ का १७ वर्षीय क्रिश खड्का घाइते भएको र उनकाे राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गौतमले बताए। फाइल तस्बिर

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार