पुस २ काठमाडौ – गाेली प्रहारबाट एक सशस्त्र प्रहरी घाइते भएका छन।
सर्लाहीको रामनगर गाउँपालिका -६ मा शुक्रबार बेलुका गोली प्रहार हुदा सोही गाउँपालिका -४ का ३० वर्षीय सुरेश शाह घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घाइते जवान शाह काभ्रेपलान्चोक स्थित १५ नम्वर गणमा कार्यरत छन् । विदामा घर आएका बेला उनीमाथि गोली प्रहार भएको र उनकाे अवस्था गम्भीर रहेकाले काठमाडौ रिफर गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेखरेलले बताए।
लेनदेनका लागि साथिहरु संग बसेर नास्ता खाइरहेका बेला संगै बसेका साथिले नै अचानक गोली चलाएर फरार भएको र उनी संग अन्य तीन जना रहेकोमा रामप्रवेश शाहलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य दुई जना फरार रहेकाले खाेजिकार्य भइरहेको प्रहरी उपरीक्षक पाेखरेलले बताए।