मंसिर २६ अर्घाखाँची – श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ परेकि छन।

पक्राउ पर्नेमा छत्रदेव गाउँपालिका -१ चिदिका तुमचौर बस्ने लक्ष्मी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

गत शनिबार बेलुका करिब ८ बजेतिर आफ्नै घरमा
लक्ष्मीका श्रीमान ७७ वर्षिय बल बहादुर सार्की मृत अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धान थालेको थियाे। आइतबार बिहान प्रहरीलाई जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलकाे कमान्डमा खटिएको प्रहरी टाेलिले आइतबार दिउँसो ३ बजेतिर श्रीमती लक्ष्मीलाई पक्राउ गरेकाे हाे।

घटनालाई अनुसन्धान गर्नेक्रममा मृतक बल बहादुर र श्रीमती लक्ष्मी शनिबार दिउँसो गाउँकै गोबिन्द बहादुर नेपालीको घरमा गई बर्खि (मृत्यु भएको एक बर्ष पछीको क्रियाक्रम) मा काम गरि साँझ रक्सी समेत सेवन गरि घरमा फर्किएकाेमा श्रीमान श्रीमती बिच बिबाद हुँदा श्रीमान बल बहादुरले श्रीमतीलाई कुटपिट गरेकाे र सोही रिसले बेलुका ८ बजेतिर श्रीमतीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमान बल बहादुरको घाँटीमा पासो लगाई दोस्रो तलाको दलिनमा झुण्डाई मारेर उक्त पासोबाट लाश निकाली लाश त्यहि छाेडेर पटुका समेत श्रीमती लक्ष्मी नेपालीले आफ्नो कम्मरमा बाँधेर आफुलाई श्रीमानले कुटपिट गरेको भन्दै पुन: गोबिन्द बहादुर नेपालीको घरमा गएर बसेकाे प्रहरी समक्ष बयान दिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

उनी विरुद्ध जिल्ला अदालतबाट साेमबार ७ (सात) दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाईएको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार