मंसिर १९ प्यूठान — बिहेमा भोज खाएपछि करिब ८० जना बढि बिरामी परेका छन।

पाल्पाको चिर्तुङधारा घोरबन्दा भन्ने ठाउँमा प्युठानबाट जन्ती आएर फर्किएका प्यूठानकाे प्युठान नगरपालिकाका -६ गुरुङगाउँका करिब ५१ जना र पाल्पाका पनि केहि संख्या बिरामी परेकाे बताइएको छ।

अहिले प्युठान अस्पतालमा ४६ जना बिरामी पुगेर भर्ना भई उपचार गराइरहेकाे र अरु बिरामी पनि अस्पताल ल्याउने काम भइरहेको प्युठान नगरपालिकाका उपप्रमख देवेन्द्र बर्माले जनसहारासंग बताए।

उपचारत बिरामीको अवस्था हेर्दा उनिहरुलाई फुड प्वाईजनिङ भएको अनुमान गरिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएको भए पनि एकिन हुन नसकेको र त्यस्तै उता पाल्पामा पनि ४०/४५ जना बिरामी परेकाे खबर आए पनि एकिन हुन नसकेको उपप्रमुख बर्माले बताए।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार