मंसिर ८ काठमाडौ – झापा -३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन् ।
लिङदेनले कांग्रेसका कृष्ण सिटौलालाई दाेस्राे पटक पनि पराजित गरेका छन। मतगणनाको अन्तिम मत परिणामअनुसार लिङ्देनले ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । उनीहरुबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।