कार्तिक ३ रूपन्देही – सडक दुर्घटनामा परि एक पत्रकारकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा रुपन्देही सैनामैना नगरपालिका-१ रानीबगिया घर भई हाल बुटवल बस्दै आएका ३६ वर्षीय एनबी कंडेल भनिने नरबहादुर कंडेलकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
शुक्रबार बेलुका तिलोत्तमा नगरपालिका -२ जानकीनगरस्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकलमा सवार कंडेललाई सोही दिशातर्फ जाँदै गरेको लु १ क ५२७६ नम्बरको ट्रकले ठक्कर गम्भीर घाइते भएका कंडेलकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हाे।
उनकाे शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। कंडेल रुपन्देहीबाट सञ्चालित अनलाइन पत्रिका ग्लोबल आवाज डटकममा सम्पादक हुन।