कार्तिक २३ डोटी – बुधबार बिहान गएकाे भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ।
बिहान २:१२ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ .६ म्याग्नीच्युडको भूकम्पमा परि पूर्वीचौकी गाउँपालिका -३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डाेटीले जनाएको छ।
भूकम्पमा परि मृत्यु हुनेमा पदम बोहराको घर भत्किदा उनकाे परिवारका तीन जनाकाे मृत्यु भएकाे छ। उनकि श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहरा छन। त्यस्तै प्रेम बोहरा, तुलसी बोहरा, धनसरी बोहराको शव निकालिएको डाेटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।
भूकम्पमा परि घर भत्किएपछि पुरिएका २ जनाकाे सकुशल उद्वार गरिएको र अन्य ५ जना भएकाे विवरण प्राप्त भएको र जस अनुसार घाइते हुनेमा साेहि ठाउँबा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा घाइते भएको र उनिहरुकाे उपचारकाे अस्पताल पठाइएको र जिल्लामा भुकम्पबाट क्षतिकाे विवरण आउने क्रम रहेकाले अझै कति क्षति भयाे भन्ने एकिन हुन बाँकि रहेको पनि प्रजिअ श्रेष्ठले बताइन्।
उद्वार कार्यमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलकाे टाेली सहित स्थानीयहरु निरन्तर लागिरहेकाे र पिडित परिवारलाई खुला ठाउँमा तत्कालका लागि गाउँपालिकाले व्यवस्थापन गरि राखिएको प्रजिअ श्रेष्ठले बताइन्।