कार्तिक २१ रुकुम(पश्चिम) – कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) को आर्थिक सहयोगमा संचालित ४० हप्ते वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कक्षा अन्तर्गत पोषिलो खाद्य प्रदर्शनी सम्पन्न भएको छ।

साेमबार सानिभेरी गाउँपालिका वडा नं.-३ मा स्थानीयरूपमा उपलब्ध रैथाने बाली वस्तुहरू प्रयोग गरेर सहभागीहरुको पोषण सम्बन्धिको ज्ञान तथा सचेतना, पोषिलो खाना तयार गर्ने सीप र सचेतनाको स्तर मापन गर्न, पोषण सम्बन्धिको ज्ञान हस्तान्तरण गर्न साथै प्रजनन उमेरका महिलाहरू तथा किशोरीहरु र समुदायका अन्य सदस्यहरूलाई पोषण र स्वच्छ खाना व्यवहारको अभ्यास, उपयुक्त मात्रामा विविध पोषणयुक्त खाद्य पदार्थको उपभोग, समूह तथा समुदायका सदस्यहरू बीच पोषण सम्बन्धि आपसमा साझा बुझाई स्थापित गर्न, अनुभव बाडफाड गर्न र समुदाय भित्र पोषण सम्बन्धिको महत्व र सचेतना बढाउने उदेश्यले यो प्रदर्शनी गरिएको कृषि क्षेत्र बिकास कार्यक्रम (ASDP), सल्यान इकाईका लैङगिक समानता तथा पोषण अधिकृत सन्तोष दुबेले बताए।

उक्त स्थानमा रहेका २ वटा समुह मिलिजुली कृषक समुह र लालिगुराँस पशुपालन कृषक समुहले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कक्षा अन्तर्गत पोषण पाठशाला र पोषण सचेतना अभियान कार्यक्रममा सिकेका पोषण सम्बन्धिको ज्ञान तथा सिकाई प्रयोग गरेर स्थानीय बालि वस्तुवाट पोषिलो खाद्य परिकार छुटा छुटै समुहमा बनाएर एकै ठाउँमा संयुक्त रुपमा प्रदर्शनी गरेका थिए।

उक्त कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्मा, गोपाल जि जङ्ग शाह, सानिभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहदुर बिष्ट, वडा नं. ३ का वडा अध्यक्ष जगदीश नकाल, कृषि क्षेत्र बिकास कार्यक्रम (ASDP), सल्यानका लैङगिक समानता तथा पोषण अधिकृत सन्तोष दुबे, कृषि प्राबिधिक तुलाराम पुन, तुल्सिराम केसी, पोषण सहजकर्ता तथा वडा सदस्य कृष्णा केसी, वित्तीय सहजकर्ता अन्जना नकाल र बहु क्षेत्रिय आयोजना पोषण सहजकर्ता सरस्वती बि. क. लगायत विभिन्न व्यक्तित्व तथा २ वटै समुहका सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हाे।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार