कार्तिक १९ काठमाडौ – राजधानी काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ।
शनिबार बेलुका ६ बजेतिर पुर्व पश्चिम राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलाबाट बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा बस चालक सहित १९ जना घाइते भएको र उनिहरुकाे स्थानीय अस्पतालमा सामान्य उपचारपछि काठमाडौ रिफर गरिएको छ।
बस त्रिशुली किनार अडिएकाेले समयमै उद्वार गर्न सफल भएपछि त्यति मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले बताए ।
घाइते हुनेहरुकाे नामावली
१) धादिङको गल्छी गाउँपालिका- ८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङ। उनको टाउकोमा चोट लागेको छ र अवस्था गम्भीर छ।
२) पूर्वी रूकुमको सिस्ने गाउँपालिका- ४ का बासिन्दा वर्ष १९ का भुवन केसी। उनको दुवै हात खुट्टामा चोट लागेको छ। अवस्था मध्यम छ।
३) रूकुमको भूमे गाउँपालिका- ५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर। उनको टाउकोमा चोट लागेको छ। अवस्था मध्यम छ।
४) दोलखाको बैतेश्री गाउँपालिका- ८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ। उनको अवस्था मध्यम छ।
५) पश्चिम रूकुमको बाफिकोट गाउँपालिका- ९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक। उनको अवस्था मध्यम छ।
६) कञ्चनपुरका वर्ष २४ का तेज बहादुर कठायत। उनको अवस्था मध्यम छ।
७) कास्की घर भएका कृष्ण प्रसाद अधिकारी। उनको अवस्था मध्यम छ।
८) काठमाडौंका अनिष लामिछाने। उनको अवस्था मध्यम छ।
९) बाराको करैयामाई गाउँपालिकाका वर्ष २७ को प्रविण चौधरी। उनको अवस्था मध्यम छ।
१०) रौतहटको चन्द्रपुर नगरपालिका- २ की बासिन्दा वर्ष २६ की सिता मैनाली। उनको अवस्था मध्यम छ।
११) रूकुम पश्चिम सानोभेरी गाउँपालिका- ३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का। उनको अवस्था मध्यम छ।
१२) रूकुम पश्चिम आठबीसकोट गाउँपालिका-८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही। उनको अवस्था मध्यम छ।
१३) दोलखाको कालिञ्चोक गाउँपालिका-९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती। उनको अवस्था मध्यम छ।
१४) सिरहा गोलबजार नगरपालिका- १३ का बासिन्दा वर्ष २२ का रमेश सिंह। उनको अवस्था मध्यम छ।
१५) बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल। उनको अवस्था मध्यम छ।
१६) रूकुम पश्चिम चौरजहारी नगरपालिका-१ का बासिन्दा योगेश्रवर बिक। उनको अवस्था मध्यम छ।
१७) रूकुम पश्चिम चौरजहारी नगरपालिका-१ का बासिन्दा प्रेम सिंह बोहोरा। उनको अवस्था मध्यम छ।
१८) रामेछापको मन्थली नगरपालिका-९ का बासिन्दा मिलन लामा। उनको अवस्था मध्यम छ।
१९) धादिङको गल्छफ गाउँपालिका- ८ का बासिन्दा रत्न तामाङ। उनको अवस्था मध्यम छ। (फाइल फाेटाे)