कार्तिक १३ पाल्पा – मनकामना दर्शनका लागि तिर्थालु सवार बस दुर्घटना हुदा पाँच जनाकाे घटनास्थलमै मृत्यु भएको छ।
पाल्पाकाे रम्भा गाउँपालिका–१ हुँगीबाट गाेरखाकाे मनकामना दर्शनको लागि तिर्थालु सवार ना ६ ख ७५८० नम्बरको बस नवलपरासी (पुर्व) काे बुलिङटार गाउँपालिका– २ मथार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व) ले जनाएको छ।
आइतबार बिहान करिब साढे ३ बजेतिर बस दुर्घटनामा परेको हाे। मृतकहरुकाे हालसम्म सनाखत नभए पनि तीन जना महिला र दुई जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व) का प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।
अहिले पनि उद्वार कार्य जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकि रहेकाे र बसमा कति जना सवार थिए एकिन समेत हुन नसकेको प्रहरी उपरीक्षक तिवारीले बताए।