कार्तिक १२ रोल्पा – राेल्पाबाट दाङका लागि छुटेको बस दुर्घटनामा परेको छ।
शनिबार बिहान रुण्टीगढी गाउँपालिका -८ मेलटाकुराबाट दाङ तुलसीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस रुण्टीगढी गाउँपालिका -८ हानबाङ स्थित भित्री ग्रामीण सडक खण्ड पानीगैरा नजिकै बिहान करिब १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
बसमा सवार जम्मा १५ जना मध्ये ८ जना घाइते भएका छन भने अन्य सकुशल रहेकाे छन। घाइते हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका -१८ का ४५ वर्षीय कलिराम परियार, उनकै छोरी ४ वर्षीय अन्जना परियार, तुलसीपुर उपमहानगरपालिका -१९ का ४५ वर्षीय चुर्ण थापा, रोल्पा रुन्टिगढि गाउँपालिका -८ का २९ वर्षीय गौसरा पुन, १५ वर्षीय भावना परियार, ३६ वर्षीय मन कुमारी दमाई ७ वर्षीय सन्जु परियार र ६ वर्षीय गिता पुन रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
प्रहरी निरीक्षक भुसालका अनुसार घाइतेहरूकाे उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको र सबैकाे अवस्था सामान्य रहेकाे छ। बस चालक तुलसीपुर उपमहानगरपालिका -१९ का २८ वर्षीय केशव खड्का फरार रहेको रहेकाले उनकाे खोजीकार्य भइरहेको प्रहरीको छ। बस अनियन्त्रित भएर सडकमै पल्टिएको थियाे। तस्बिर: सामाजिक संजालबाट