असाेज १५ विराटनगर – मोरङको विराटनगर महानगरपालिका-८ स्थितमा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका २ जना कैदी फरार भएका छन।

शनिबार बिहान ९ बजे मोरङ कारागारमा कैद भुक्तान गरिरहेका लागुऔषध मुद्दाका कैदी २८ वर्षीय मन्जिल गुरुङ र जबर्जस्ती करणी मुद्दाका कैदी २८ वर्षीय राज कुमार हेमरनलाई उपचारको लागि बिराटनगर-७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारार्थ रहेको अवस्थामा अस्पतालबाट दुबै जना फरार रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

कैदी भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको प्रहरी टोली सहित ५ सदस्य छानबिन समिति गठन गरीएको छ। छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो, स्थलगत रुपमा परिचालन भई सत्य तथ्य छानबिन गरी १० दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार