असाेज १५ काठमाडौ – नाबालिक बलात्कारको आरोप लागेका पुर्व क्रिकेटर सन्दीप लामिछानेले नेपाल फर्किने मिति सार्वजनिक गरेका छन ।

उनी विरुद्ध बलात्कारको मुद्दा परे लगत्तै फरार रहेर बेलाबेला सामाजिक संजालबाट प्रतिक्रिया जनाइ रहेका लामिछानेले शनिबार बिहान सामाजिक संजाल फेसबुक मार्फत आँफु अक्टोबर ६ अर्थात असोज २० गते नेपाल आउन लागेको बताएका छन।

उनले लेखेका छन: `ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्ने छु र झूटा आरोप विरुद्ध कानुनी लडाइँ लड्न आफूलाई नेपालको कानूनी निकायमा पेश गर्ने छु, र कानूनी निकायहरुले निष्पक्ष सुनुवाई र निर्णय हुनेमा आँफु आशावादी छु।´

उनले यसअघि सामाजिक संजालबाटै झुटा आराेप भएकाले आफू निर्दाेष रहेकाे बताउदै आएकाे उल्लेख गर्दै पुनःआफु निर्दाेष रहेको दाेहाेर्याउदै नेपाली न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेकाे भन्दै सबै कानून प्रवर्तन निकायहरू र अदालतको निष्पक्ष सुनवाई र निर्णय हुनेमा म दृढ विश्वास रहेको बताएका छन।

उनी सम्पर्क बिहिन भएपछि पक्राउ पुर्जी जारी भइ अहिले नेपाल प्रहरीको आग्रहमा अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरिसकेकाे छ।

गत भदौ २१ गते उनी विरुद्ध जबर्जस्ती करणी जाहेरी परेपछि क्यानले उनलाई भदौ २३ मा टिमबाटै निलम्बन गरेकाे थियाे।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार