असाेज १५ सल्यान – जीप दुर्घटना हुदा दुई जनाकाे घटनास्थलमै मृत्यु भएको छ।
कुमाख गाउँपालिका वडा नं.- ७ जिमाली स्थित पातिहाल्न चिसापानी नजिकै खैराबाङ मन्दिर दर्शनका लागि छुटेको डबल क्याव रा १ ज ७९८ नम्बरको जीप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा कुमाख गाउँपालिका वडा नं.-७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षिय मान बहादुर पुन र १४ वर्षिया एनका पुन रहेका छन। अहिले उद्वारकाे लागि अस्थायी पाेष्ट चौरपानीबाट र इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टाेलिले उद्वारकाे काम गरिरहेकाे र जिल्ला प्रहरी कार्यालयबाट आफू सहित ९ जनाको प्रहरी टाेलि घटनास्थल तर्फ जान लागेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए।
घाइतेहरुकाे उद्वार गरि जिल्ला अस्पताल सल्यान पठाउने तयारी भइरकाे छ भने जीप चालक कुमाख गाउँपालिका -३ चिनाली बस्ने २३ वर्षिय अर्जुन मगर प्रहरी नियन्त्रणमै रहेकाे प्रहरी नायव उपरीक्षक केसीले बताए।
गाडीमा कति जना सवार थिए एकिन नभएको र उकालाे बाटाेमा ब्याक गर्ने क्रममा ब्रेक फेल भएपछि गाडी सडकबाट करिब १०० मिटर तल खसेकाे छ। अहिले उद्वारकाे काम जारी रहेकाले घटनाको विवरण आउन अझै बाँकी रहेको प्रहरी नायव उपरीक्षक केसीले बताए। साङ्केतिक तस्बिर