भदौ २३ काठमाडौ – नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछाने विरुद्ध परेकाे बलात्कार मुद्दा परेपछि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
बिहीबार लामिछाने विरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा थप अनुसन्धान गर्नका लागि काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाे जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।
एक १७ वर्षिय नाबालिकले आफू माथि कप्तान लामिछानेले पटकपटक बलात्कार गरकाे भन्दै मंगलबार बेलुका प्रहरी बृत्त गौशालामा किटानी दिएकि थिइन।
त्यसपछि अनुसन्धान थालेकाे प्रहरीले उनिले बलात्कार गरेकाे भनिएको काठमाडौ स्थित हाेटेल काठमाडौ इनकाे सिसिटिभि फुटेज संकलन र पिडिति भनिएकि बालिकाको स्वास्थ्य परिक्षण गरिसकेको छ।