भदौ २३ सल्यान – आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र सल्यानले प्रदेश सभा निर्वाचनका लागि सहमतिबाटै उम्मेदवारकाे टुंगो लगाएको छ।

निर्वाचन क्षेत्रका हिसाबले दुईवटा प्रदेश सभा रहेको सल्यानमा प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ भिम प्रकाश शर्माको एकल नाम र प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ चित्रबहादुर केसीको नाम एकल सिफारिस गरेको माओवादी केन्द्र सल्यानका सचिव निम बहादुर केसीले बताए।

त्यसै गरि प्रदेश सभा (क) बाट समानुपातिक तर्फ कल्पना पुन, टीका बुढाथोकी, तिलक कुमार विक र धर्मे बुढाथोकी सिफारिस भएकाे छ।

त्यसैगरि प्रदेश सभा (ख) बाट समानुपातिक तर्फ नवीन भडेल, मन्जु यरी, राधा शर्मा घर्ती, रुद्र बहादुर घर्ती र लक्ष्मी बोहराको नाम सिफारिस भएका छन।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार