भदौ १५ रोल्पा – एक दम्पतीकाे हत्या भएको अवस्थामा फेला परेका छन्।

माडी गाउँपालिका -३ तालावाङमा खुकुरीले काटेर छेदबिच्छेद बनाएर विभत्स हत्या भएको अवस्थामा रोल्पा परिवर्तन गाउँपालिका -२ राङसी घर भएका अन्दाजी २७ वर्षीय दुर्गाबहादुर पुन र श्रीमती अन्दाजी ३७ वर्षीया पार्बती पुन मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

काठमाडौँ इटाभट्टामा काम गर्दा बिहे गरेका पुन दम्पती राेल्पा फर्किएपछि तालाबाङका जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका उनिहरुकाे गएराति नै हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

दुवै जनाकाे शरिरमा धारिलो हतियार प्रहार गरि छेदबिच्छेद अवस्थामा रहेकाले हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरे पनि अनुसन्धानमै रहेकाले अहिले नै यसै भन्न नसकिने हुदा अनुसन्धानका पाटाेहरु प्रयाेग भइरहेको हुदा पनि अनुसन्धान भइरहेको भन्दा अरु भन्न नसकिने प्रहरी निरीक्षक भुसालले जनसहारासंग बताए।

घटनाको खबर पाएपछि ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देबराज भट्टराईकाे टोली घटनास्थल पुगेर घटनास्थल प्रहरी नियन्त्रणमा लिएको र थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय रोल्पाबाट कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेको कमान्डमा अनुसन्धान अधिकृतकाे टोली घटनास्थल पुगेपछि घटनाको प्रकृति अनुसार रहस्यमय भएको भन्दै कोहरपुरबाट तालिम प्राप्त कुकुर सहित थप अनुसन्धान टाेलि बोलाइएकाे प्रहरी निरीक्षक भुसालले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार