भदौ १२ पाल्पा – एक बालकले आफ्नै बुवाकाे हत्या गरेका छन।
माथागढी गाउँपालिका -४ नेटाका १४ वर्षिय बालकले आफ्नै बुवा ४५ वर्षिय तिलबहादुर दिसाकाे हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
घरायसी सामान्य विवादमा ती बालकले चिर्पट दाउरा बुवाकाे टाउकोमा प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
घटना शनिबार बेलुका ८ बजेतिर भएको भएपनि प्रहरीलाई आइतबार बिहान मात्रै जानकारी आएपछि प्रहरी चौकि माथाबाट प्रहरी टाेलि घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक थापाले जनसहारालाई बताए।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृत सहितकाे टाेलि पनि घटनास्थल तर्फ गएकाे र बालकलाई प्रहरी नियन्त्रणमा राखि शवकाे पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायव उपरीक्षक थापाले बताए।