भदौ ४ काठमाडौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज शनिबार पनि जारी छ।
विशेषगरी पदाधिकारीकाे टुंगो लगाउन बसेकाे बैठक हिजाे शुक्रबार पनि बसेकाे थियाे तर छलफलमै सिमित रहेकाे उक्त बैठक आज शनिबार १ बजेदेखि जारी छ भने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीमा २० जनाकाे नाम प्रस्ताव गरेका छन।
प्रचण्डको प्रस्ताव अनुसार महासचिवमा देव गुरूङ परेका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा, उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृका यादव र शक्ति बस्नेतलाई प्रस्ताव गरेका छन्।
सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन भने कोषाध्यक्षमा श्रीराम ढकाललाई प्रस्ताव गरेका छन।
अध्यक्ष प्रचण्डको पदाधिकारी प्रस्तावपछि अहिले छलफल चलिरहेकाे सकेसम्म आज नै पदाधिकारीकाे अन्तिम टुंगो लगाउने माओवादी केन्द्रकाे याेजना छ।