साउन २४ सुर्खेत – कर्णाली प्रदेश सरकारमा मन्त्रीपरिषद हेरफेर गरिएको छ।

मंगलबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेका हुन। कर्णाली प्रदेश सरकारमा २०७८ माघ २३ गते देखि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माओवादी केन्द्रबाट हुम्लाका कार्चेन लामाको ६ महिने कार्यकाल पूरा भएपछि मन्त्रिपरिषद् हेरफेर भएको हाे।

अब रिक्त रहेको उक्त मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने जिम्मेवारी प्रदेश प्रमुख परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई दिएका छन। तत्काल नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि अहिले उक्त मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री शाहीले आफैं राखेका छन।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार