साउन १९ पाल्पा – एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकि छन।
तानसेन नगरपालिका -७ रक्सा नयाँ गाउँकि २९ वर्षिय सरस्वती फुल्लेल झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बुधबार बिहान करिब १० बजेतिर सरस्वती आफ्नाे घरमै चुन्नीकाे प्रयाेग गरेर झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकि बुर्तुङ र जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान सहितकाे टाेलि परिचालन गरि शवकाे पाेष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।