साउन १९ काठमाडौ – सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते दुवै निर्वाचन एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मिति ताेकेकाे हाे। यसअघि बसेकाे सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भए अनुसार सरकारले चुनावको मिति घोषणा गरेको हो।
सरकारले निर्वाचनको मिति घाेषणा गरिसकेपछि आज निर्वाचन आयाेगले पत्रकार सम्मेलन गर्ने जनाएको छ। आयाेगका प्रमुख निर्वाचन आयुक्त तथा अन्य आयुक्तहरुको समुपस्थितिमा आज अपरान्ह ४:३० बजे पत्रकार सम्मेलन गर्ने आयाेगले सार्वजनिक सुचना मार्फत बताएको छ।