साउन ११ सल्यान – विदेशबाट घर फर्किएपछि साथि लिएर कुपिन्डे ताल पुगेर डुबेपछि बेपत्ता भएका एक जनाकाे शव २४ घण्टा पछि भेटिएको छ।
मंगलबार मध्यान्ह साढे १२ बजे कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएका सल्यान कपुरकाेट गाउँपालिका -६ सिनबाङ साविक स्थायी ठेगाना भई हाल तुलसीपुर उपमहानगरपालिका -६ दाङ तुलसीपुर ६ बस्दै आएका अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेतकाे बुधबार दिउँसाे करिब १२:४५ बजे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
तालमा डुबेर बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट १० जनाकाे प्रहरी टाेली र सुर्खेत स्थित ६ नम्बर बाहिनी गणबाट ७ जनाकाे गाेतारखाेरकाे टाेलिले बस्नेत चिप्लिएकाे ठाउँदेखि करिब १० मिटर पश्चिमकाे भागमा तालकाे पिधँ गहिराइमा जेलिएर रहेकाे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
अहिले बस्नेतकाे शव पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल सल्यान पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।
वैदेशिक राेजगारकाे सिलसिलामा दुबईमा बस्दा उनका साथि धादिङ खानिबास गाउँपालिका -३ घर भएका ३२ वर्षिय मुल बहादुर तामाङ संग कुपिन्डे ताल घुम्न गएका बस्नेत मंगलबार दिउँसो करिब १२:३० बजे डुबेर बेपत्ता भएका थिए