साउन ११ नवलपरासी (पूर्व) – विनयी त्रिवेणी गाउँपालिका -२ दाउन्नेमा बस दुर्घटना हुदा बसमा आगलागी भएपछि ३३ जना घाइते भएका छन।
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई सडकमै पल्टिएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ।
बसमा ३३ जना यात्रु सवर रहेका थिए। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीकाे अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए।
घाइतेहरुकाे मध्यविन्दु जिल्ला अस्पताल डण्डामा र चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र दुर्घटना पछि अवरुद्ध राजमार्ग अहिले संचालनमा आएको प्रहरी उपरीक्षक महर्जनले बताए।