साउन १० दाङ – महिलाको प्रयाेग गरि दाङमा बन्धक बनाइएका दैलेखका एक पुरुषलाई प्रहरीले सकुशल उद्वार गरेकाे छ। भने घटनामा संलग्न एक महिला सहित ६ जनालाई पक्राउ समेत गरेकाे छ।
पक्राउ पर्नेमा उक्त घटना बनाउदा प्रयाेग भएको बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बरका गाडीका चालक प्यूठानको गौमुखी गाउँपालिका -७ घर भई हाल तुलसीपुरउपमहागरपालिका -६ बस्ने २४ वर्षिय जनक कुँवर, दाङ बबई गाउँपालिका -४ का ३५ वर्षिय लीला विक, सोही ठाउँका ३५ वर्षिय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका -४ खाँद्नेका २५ वर्षिय सुकलाल विक, कपिलवस्तुको शिवराज नगरपालिका -९ का २० वर्षिय मनोज थारू र तुलसीपुर उपमहानगरपालिका -७ बस्ने २६ वर्षिय निर्मला विक रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उद्धार गरिएका पुरुष दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ बस्ने २७ वर्षिय केशवकुमार विक रहेका छन। पक्राउ परेकाे उक्त गिराेहले दैलेखबाट बुटवलमा बोलाएर एक महिलासँग होटलमा भेट गराए लगत्तै विकलाई अपहरण गरेर तुलसीपुर स्थित सल्यान रोडमा रहेको युवम होटेलमा बन्धक बनाई ७ लाख रुपैयाँ फिरौती माग गरेकाे र नदिए ज्यान मार्ने धम्की दिएकाे प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए।
घटनाबारे प्रहरीले सुचना पाएपछि मंगलबार अपरान्ह साढे ४ बजे होटलमा छापा मारेपछि बिककाे सकुशल उद्वार गरि संलग्न गिराेहलाई पकाउ गरेर अनुसन्धान गरिरहेकाे प्रहरी उपरीक्षक काफ्लेले बताए।।