साउन ८ दाङ – मामाघर पुगेकि एक बालिका बलात्कृत भएकि छन।
अर्घाखाँचीबाट दाङकाे बबई गाउँपालिका-४ खयरभट्टी स्थित मामाघर आएकी ३ वर्षिय बालिकालाई स्थानीय १४ वर्षीया किशोरले शनिबार दिउँसो बालात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बलात्कारपछि ती किशोरले बालिकालाई मकैबारीको डिलबाट धक्का दिएर करिब ४०/४५ मिटर तल लडाएपछि बालिकाको टाउकोमा गम्भीर र शरिरका विभिन्न भागमा चोट लागेको र किशोरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसशाद काफ्लेले बताए।
शनिबार दिउँसो २ बजेतिर ती किशोर आँप खाना भनेर बालिकाको मामाघर आएका र त्यहाँ नजिक काेहि नभएको मौका छाेपि बालिकालाई मकैबारीमा लिएर बलात्कार गरेकाे प्रहरी प्रारम्भिक अनुमानबाट खुलेकाे छ। घटना थाहा पाएपछि बालिकाका मामाघरका हजुरबुबाले किशोरकाे नाममा बेलुका ८ बजेतिर किटानी जाहेरी दिएपछि प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान थालेपछि बालिकाको राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गरि थप उपचारका लागि नेपालगञ्जमा पठाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेकाे र ती किशोर यसअघि पनि चाेरीमा संलग्न रहेकाे आराेपमा पक्राउ परि छुटेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे प्रहरी उपरीक्षक काफ्लेले बताए।