असार २१ सल्यान – एक महिला मृत अवस्थामा भेटिएकि छन।
कपुरकाेट गाउँपालिका -५ बुढाटाेल कि ४८ वर्षिय सावित्री कुमारी बुढा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मंगलबार आफ्नै घरकाे काेठाभित्र सावित्री मृत भेटिएकाे र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।