असार १८ बर्दिया – झुन्डिएको अवस्थामा एक बेवारिसे महिलाको शव फेला परेको छ।
शुक्रबार बिहान करिब साढे ११ बजेतिर बर्दिया बासगंढि नगरपालिका -४ स्थित जनचेतना सामुदायिक वनमा नामथर वतन नखुलेकी अन्दाजी २४/२५ की जस्तो देखिने महिला जामुनको रुखमा सलको पासो लगाई झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
उक्त महिला करिब ५/६ दिन अघि झुन्डिएको जस्तो घटना प्रकृति देखिएकाे र शवकाे अनुहारमा किरा र औसा परी सनाखत तथा पहिचानका लागि अप्ठ्यारो परेकाे छ भने मृतक महिलाको हुलिया गाडा रातो रंगको साधारण फित्ता भएको चप्पल झुण्डीरहेको शवको नजिकै रहेको, सेतो खैरो ठाडो धर्सा भएको रातो रंगको कुर्ता र हरियो सरुवाल लगाएकी, अन्दाजी ५ फिट २ ईन्चि उचाई भएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले बताए।
उक्त शवकाे पहिचानमा कठिनाई भएको र हाल सम्म सनाखत हुन सकेको छैन। उक्त शव पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल गुलरिया बर्दियामा राखि घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको र पहिचानको लागि प्रहरीले आग्रह समेत गरेकाे प्रहरी नायव उपरीक्षक सुवेदीले बताए।