असार १५ बैतडी – बलात्कारको आरोपमा एक वडाध्यक्ष सहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक माेहन बहादुर साउदले बताए।
आरोपित दुवैजनालाई जिल्ला अदालतबाट जबर्जस्ती करणी कसुरमा म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साउदले बताए।