असार ११ सिन्धुपाल्चोक – पुर्वपक्षका लागि कारागार चलान भएका एक कैदीको मृत्यु भएको छ।
जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा गत कात्तिकबाट कारागारमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
शनिबार बिहान सुतेर उठे बितिक्कै रिंगटा लागेर ढलेपछि उपचारका लागि चौतारा अस्पताल लिएरपछि उपचारको क्रममा केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वप्रसाद चौधरीले बताए।
मृतक गाेलेकाे परिवार आउने भएपछि पर्खिरहेकाे र त्यसपछि पाेष्टमार्टमपछि परिवारकाे जिम्मा लगाइने प्रहरी नायव उपरीक्षक चौधरीले बताए।