असार १० अर्घाखाँची – श्रीमतीको हत्या गरि जङ्गलमा फालेर एक पुरुष प्रहरी समक्ष गएर आत्म समर्पण गरेका छन।

शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

दुई जना घरबाट नजिकैको जंगलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैं इलाका प्रहरी कार्यालय खनामा पुगेकाे र थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पाैडेलले बताए।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार