असार ९ काठमाडौ – संसदीय संशोधनवाद सँग विद्रोह गर्दै नेकपा (बहुमत) पुनर्गठनपछि पार्टीको क्रान्तिकारी ध्रुवीकरण आरम्भ भएको छ ।
असार १० गते शुक्रबार नेकपा (बहुमत) र जन-समाजवादी मञ्च नेपालबीच पार्टी एकता घोषणा भएपछि ध्रुवीकरण अभियान नै सुरु हुने बहुमत स्राेतले बताइएको छ ।
नेकपा बहुमत केन्द्रीय कार्यालय र जन-समाजवादी मञ्चको केन्द्रीय कार्यालयबाट प्राप्त जानकारी अनुसार शुक्रबार मध्याह्न १२ बजे काठमाडौँ बिजुली बजारस्थित क्रिस्टल पार्टी भेन्युमा पार्टी एकता कार्यक्रम तय भएको छ । नेकपा (बहुमत) र जनसमाजवादी मञ्चको एकतापछि पार्टीको नाम नेकपा (बहुमत) नै कायम रहने पनि स्रोतले बताएको छ ।
पार्टी एकता कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शन लगायत नेताहरू र मञ्चका तर्फबाट संयोजक गम्भीर लगायत नेताहरूले वैज्ञानिक समाजवादी क्रान्ति, क्रान्तिकारी कम्युनिस्ट शक्तिहरू बीचको एकता, ध्रुवीकरणको औचित्य र आश्वयकताका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सोही कार्यक्रमको अवसर पारेर विभिन्न पार्टी, मोर्चा, मञ्च र समूहमा आबद्ध सयौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत हुने पनि बताइएको छ।
मञ्चका अध्यक्ष कृष्ण धमला विप्लवका कार्यालय सचिव पुर्व पाेलिटब्युरो सदस्य समेत थिए। तीन बुँदे सहमति पछि असन्तुष्ट भएर तेह्र केन्द्रीय सदस्य सहित याे मञ्च बनाएका थिए।