असार ६ सुनसरी – बाढीले अटो बगाउँदा एक जनाको मृत्यु भएको छ

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ को बाघ खोलाले आइतबार बेलुका पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका-१ की १७ वर्षीया स्टिफिना राईकाे मृत्यु भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

अटाे खाेलाले बगाउदा चालक धरान-१७ का २२ वर्षीय राजु राई सहित स्टिफिना बेपत्ता भएका थिए । टेम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना मृत अवस्थामा फेला पारेको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए।

घाईते चालकलाई उपचारको लागी र मृतकको शव पाेष्टमार्टमकाे लागि धरान पठाएको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक राईले बताए

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार