काठमाडौं उपत्यका लगाएत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ ।
शनिबार बिहान २:३६ बजे भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भई ४.७ म्याग्निच्युडको भूकम्प गएको र उक्त कम्पन ५ देखि १२ सेकेन्ड सम्म महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका सहित काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र दाेलखामा समेत महसुस गरिएको छ । अहिलेसम्म कतैबाट कुनै क्षतिकाे विवरण प्राप्त नभएको पनि केन्द्रले जनाएको छ।